बर्नली सामु निरिह बन्यो वाटफोर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 08:20:33 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर लिग अन्तर्गत बर्नली कल्बले वाटफोर्डलाई पराजित गरेको छ। गए राति भएको खेलमा बर्नलीले वाटफोर्डलाई २-० ले पराजित गर्दै तीन अंक जोड्न सफल भएको छ।

खेलको ३८ औ मिनेटमा बर्नलीका जेफ हेन्ड्रिकले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए। उनले स्टेफन डेफोरले दिएको पासमा गोल गरेका हुन। पहिलो हाफसम्म १-० को अग्रता लिएको बर्नलीको लागी दोस्रो हाफको ५० औ मिनेटमा मिचेल केनले दोस्रो गोल गरे। उनले पनि स्टेफन डेफोरको पासमा गोल गरेका हुन। 

खेलमा जितसंगै बर्नली प्रिमियर लिगको अंक तालिकामा १३ औ स्थानमा पुगेको छ । त्यस्तै हार बेहोरेको वाटफोर्ड अंक तालिकाको १० औ स्थानमा झरेको छ।     
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved