एफसी एसियन कपमा नेपाल यमनसँग पराजित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 27, 2018 | 10:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एएफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसंग पराजित भएको छ। कतारको दोहामा रहेको सुहेम बिन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसंग २-१ अन्तरले पराजित भएको हो।

यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो।खेलको २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए। 

खेल सकिन केहि मिनेट अगाडी ८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पायो । सो पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई २–० को जित दिलाए ।  

जितसंगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ। नेपालको भने यस अघि नै छनोट हुने सम्भावना सकिएको थियो। प्रतियोगितामा आफ्ना ६ खेलमा नेपाल चारमा हार र दुई बराबरी खलेको छ। 

  


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved