कप्तान स्मिथ र वार्नरलाई कडा कारबाही , आईपीएल पनि खेल्न नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 28, 2018 | 04:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाली क्रिकेटको नियामक निकाय 'क्रिकेट अस्ट्रेलिया'ले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ।'बल ट्याम्परिङ' अर्थात् बलको स्वरूप बिगारेको घटनालाई लिएर उनीहरूमाथि उक्त कारबाही गरिएको हो। स्वरूप बिगार्ने खेलाडी क्यामरन ब्यान्क्रोफ्टलाई चाहिँ नौ महिनाको प्रतिबन्ध लगाइएको छ। शुक्रवार चौथो टेस्ट सुरु हुनुपूर्व उनीहरू तीनै जनालाई घर फर्काइएको छ।

उक्त घटनाको क्रिकेट खेलक्षेत्रभित्र मात्रै नभई बाहिर पनि व्यापक आलोचना भइरहेका छन्। अस्ट्रेलियाली प्रधानमन्त्री म्याल्कम टर्नबुलले उक्त घटनाले 'पूरै मुलुकलाई एकदमै निराश' बनाएको टिप्पणी गरेका थिए। स्मिथ र ब्यान्क्रोफ्टलाई कप्तानी गर्न पनि दुई वर्षको प्रतिबन्ध लगाइएको छ। वार्नरलाई चाहिँ भविष्यमा कुनै पनि नेतृत्वदायी भूमिकाका लागि स्थान नदिइने क्रिकेट अस्ट्रेलियाले जनाएको छ।

स्मिथ र वार्नरले यसवर्षको इण्डियन प्रेमीयर लिग पनि खेल्न नपाउने भएका छन्। आईपीएलका अध्यक्ष राजीव शुक्लाले क्रिकेट अष्ट्रेलियाले प्रतिबन्ध लगाएका खेलाडीलाई आईपीएल खेल्न पनि बन्देज लगाइएको जनाए। दुवै खेलाडीले आईपीएलको आफ्नो टोलीबाट राजीनामा पनि दिएका छन्। वार्नर सनराइजर्स हैदराबाद र स्मिथ राजस्थान रोयल्सका कप्तान थिए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved