रुपन्देही च्यालेन्जर्समाथि सिवाइसी अत्तरियाको ९ विकेटको शानदार जित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 01, 2018 | 11:39:16 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ  । अत्तरियाले रुपन्देही च्यालेन्जर्समाथि ९ विकेटको शानदार जित हात पारेको हो ।  

रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको झिनो लक्ष्य अत्तरियाले १ विकेट गुमाएर ७ ओभर ३ बलमा भेट्टायो । अत्तरियालाई जिताउन गौरब चित्काराले नटआउट ३० र प्रेम तामाङले नटआउट १४ रन बनाए । त्यस्तै कप्तान सुवास खकुरेलले १९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले खराब ब्याटिंग गर्दै  १६ ओभरमा मात्र ६१ रन जोड्दा अलआउट भयो । रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिए ।

आज नै अर्को खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगर युनाइटेड खेल्नेछन् । खेल   १ बजे सुरु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved