डिपिएल क्रिकेट : पारसको टिमलाई हराउँदै महेन्द्रनगरको विजयी सुरूवात

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 01, 2018 | 04:48:01 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग(डीपीएल)को दोस्रो संस्करणमा महेन्द्रनगर युनाइटेडले विजयी सुरूवात गरेको छ । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई ३३ रनले पराजित गर्दै बिनोद भण्डारीको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको हो । 

टस जितेर पहिले ब्याटिङ राजेको महेन्द्रनगरले सबै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएकोे विराटनगरले १९ ओभरमा १ सय ३५ रन मात्रै बनाएर अलआउट भएको हो । विराटनगरका पृथु बाँस्कोटाले ३५, बाबर ह्यातले ३२, अनिलकुमार साहले २३ र कप्तान पारस खड्काले १६ रन मात्रै बनाए । 

महेन्द्रनगरका अभिनास कर्ण एक्लैले ३ विकेट लिए । भुवन कार्की, पुनित मेहरा र रोबिन क्षेत्रीले समान २÷२ विकेट लिए भने एक विकेट भने हरिशंकर साहले लिए । पुनित मेहराले २ चौका र ३ छक्काको मद्तमा  ३८ रनको योगदान दिए । कप्तान कप्तान विनोद भण्डारीले ३५ रन जोडे भने पुनित विष्ट र आरिफ सेखले समान २४÷२४ र हरिशंकर साहले १९ रन बनाए । मेहरा भारतीय खेलाडी हुन् । विराटनगरका मन्जित श्रेष्ठले २ तथा पारस खड्का र शुभम कामतले १÷१ विकेट लिए । खेलको म्यान अफद म्याच महेन्द्र नगरका पुनित मेहरा घोषित भए ।

आइतबार सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपेन्देही च्यालेन्जर्सलाई ९ विकेटले हराएको छ । रुपेन्देहीले दिएको ६२ रनको झिनो लक्ष्य पछ्याएको अत्तरियाले ७.३ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

प्रतियोगितामा भोलि अत्तरीया र टिम चौराहा धनगढी तथा काठमाडौ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्स बिच खेल हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved