डीपीएल क्रिकेट : काठमाडौं गोल्डेन्सको लगातार दोस्रो जित

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 02, 2018 | 05:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)मा काठमाडौ गोल्डेन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

आफ्नो दोस्रो खेलमा काठमाडौँले रुपन्देही च्यालेञ्जर्सलाई ६३ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ राजेको काठमाडौंले सबै २० ओभर खेल्दै ४ विकेटको क्षेतीमा १ सय ८६ रन बनाएको थियो । काठमाडौका लागी विदेशी खेलाडी सुबोध भाटी ४२ रन बनाए । अमित श्रेष्ठले ३०, नरेश बुढाऐरले ३०, कप्तान ज्ञानेन्द्र मल्लले २० र भुपेन्द्र थापाले १४ रन बनाउँदा सन्नी पटेलले नटआउट ४८ रन बनाए । 

१ सय ८७ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेञ्जर्स १८ ओभर ४ बलमा १ सय २३ रन बनाएर अलआउट भयो । रुपन्देहीका लागि अमर रौटेला, विक्रम भुषाल र सुफियान मोहम्मदले एक–एक विकेट लिए । रुपन्देहीका लागि ओपनर प्रदिप ऐरीले ५७ तथा सागर पुनले १८ रन बनाउनु बाहेक बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

काठमाडौं गोल्डेन्सका लागि रासिद खानले ४ तथा ललित राजवंशीले ३ विकेट लिए । त्यस्तै शाहब आलमले २ र सन्नी पटेलले एक विकेट लिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved