डीपीएलमा धनगढीको दोस्रो जित

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 03, 2018 | 01:05:37 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा टीम चौराह धनगढीले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराउँदै धनगढीले दोस्रो जित दर्ता गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । महेन्द्रनगरका पुनित मेहराले ४० रन बनाए । १ सय ३२ रनको लक्ष्य पछ्याएको धनगढीले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । धनगढीका लागी सुनिल धमलाले नटआउट ४६ रन बनाए । यस्तै, रोहन मुस्तफाले ३९ र अश्फाक महमदले ३० रन बनाए । 

आजको खेलमा चार विकेट लिएका धनगढीका ललितसिंह भण्डारी म्यान अफ् द म्याच भए । धनगढीले तीनमध्ये २ खेल जितेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved