धनगढी प्रिमियर लिगमा विराटनगरको पहिलो जित, रुपन्देहीको तेस्रो हार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 01:08:03 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सले पहिलो जित निकालेको छ । कैलालीको संघीय इकाई प्रहरीको मैदानमा बुधबार भएको खेलमा विराटनगरले रुपन्देहीलाई ४२ रनले हराएको हो । हारसँगै रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावनामा लगभग टुङ्गिएको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रनको योगफल खडा ग¥यो । ओपनर अनिल शाहले ३६ रन बनाउँदा बाबर हायात र दीलिप नाथले ७९ रनको साझेदारी गरे । दीलिप ४३ रनमा आउट भए भने बाबरले बाबरले प्रतियोगितामा पहिलो अर्धसतक पूरा गर्दै ५८ रन बनाए । कप्तान पारस खड्काले २२ र सौरभ खनालले अविजीत १७ रन बनाए । रुपन्देहीका सेफयान मोहम्मदले दुई विकेट लिए ।

जवाफी व्याटिङमा मैदा उत्रिएको रुपन्देहीका प्रदीप ऐरीले ५४ र दीपक प्रसाद २२ रनको मद्दतमा जम्मा १ सय ३९ रन मात्रै बनाउन सक्यो । रुपन्देही लगातार तेस्रो बेहोर्दै जारी प्रतियोगितामा अंकविहिन हुने एक्लो टिम बनेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved