ज्ञानेन्द्र र राजेशले देखाए कलर्सको कमाल, सगरमाथालाई चखाए तेस्रो हार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 05:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कलर्स एक्स फ्याक्टरले जारी एभरेस्ट प्रिमियर लिग टि २० प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा कलर्सले सगरमाथा लेजेण्डसलाई ९ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो  ।

टस हारेर  पहिले ब्याटिंग गरेको कलर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन जोड्यो  । कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले अर्ध शतक प्रहार गरे  । मल्लले ५२ तथा मगरले ५६ रन जोडे  । त्यस्तै हरीशंकर शाहले १३, फजलयर रहमानले २१ तथा योगेन्द्र कार्कीले २१ रन जोडे  । सिद्दान्त लोहनी र अमर रौटेला बहने समान ३ रन मै आउट भए  । 

सगरमाथाका तर्फबाट महबुब आलम र बिक्रम सोबले समान २-२ तथा राहुल बिश्वकर्मा र राहुल श्रीवास्तवले समान १-१ विकेट लिए  ।

१६९ रनको लक्ष्य पाएको सगरमाथा लेजेण्डसले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन मात्र जोड्यो  । सगरमाथाका लागि बिनोद भण्डारीले ४८, सुनिल धमलाले ४६, अनिल मण्डलले १४, मेहबुब आलमले २३ तथा बिक्रम सोबले ११ रन जोडे  । 

जितसंगै कलर्सले महत्वपूर्ण २ अंक जोडेको छ  । उता तेस्रो हार बेहोरेको सगरमाथा भने अंक बिहिन छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved