च्याम्पियन्स लिगको क्वाटरफाइनल : बार्सिलोना र लिभरपुल विजयी

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 10:38:29 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले इटालियन क्लब रोमा माथि ४–१ को जित दर्ता गरेको छ । 

नाउ क्याम्पमा भएको खेलको ३८ औं मिनेटमा रोमाका डेनियाले डि रोसीले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोनाले एक शुन्यको अग्रता लियो । ५५ औं मिनेटमा रोमाका कोस्टास मानोलासले फेरि आत्मघाती गोल गरे । खेलको ५९ औं मिनेटमा जेरार्ड पिकेले बार्साका लागि तेस्रो गोल गरे । रोमका लागी ८० औं मिनेटमा इडिन जेकोले गोल गरे । खेलको अन्तिम ८७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना चार एकले विजयी हुँदै सेमिफाइनल नजिक पुगेको हो । 

यसैगरी क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुलले म्यानचेस्टर सिटीमाथि ३–० को शानदार जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा १२ औं मिनेटमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले प्रिमियर लिग लिडर सिटीविरुद्ध अग्रता लिएको हो । यो सिजनको ३८ औं गोल गरेका उनी ५३ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरीए ।

२१ औं मिनेटमा अक्सलेड चेम्बरलेनले गोल गरेपछि सिटी दुई शुन्यले पछि पर्यो । त्यस्तै ३१ औं मिनेटमा साडियो मानेले हेड मार्फत गोल गर्दा लिभरपुलले पहिलो हाफमा नै तीन शुन्यको अग्रता लियो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र लिभरपुल विजयी भयो । हारसँगै सिटीलाई सेमिफाइनल पुग्न क्वाटरफाइनलको दोस्रो लेगमा फराकिलो जित आवश्यक पर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved