इन्डियन प्रिमियर लिग (आइपीएल) टोलि दिल्ली डेयर डेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले सन्दिप लामिछानेको प्रशंसा गरेका छन। आइतबार सुरु हुने आइपीएलमा आफ्नो पहिलो खेल खेल्न चण्डीगढ जानु अघि दिल्लीले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोन्टिङले सन्दिपले प्रशिक्षणमा धेरै मिहिनेत गरेको बताएका हुन।
प्रशिक्षक पोन्टिङले सन्दीपले अभ्यासमा निक्कै मेहनत गरिरहेको र कतिपय अवस्थामा आफुले नै सन्दीपलाई रोक्नु परेको समेत सुनाए। '‘सन्दीप निक्कै नै प्रतिभावान स्पिनर हुन्। दिल्लीको अभ्यास सेसनमा उनले धेरै नै मिहिनत गरेका छन्’, पोन्टिङले भने, ‘सही कुरा बोल्नु पर्दा उनलाई केही अवस्थामा मैले नै बलिङ गर्न बाट रोक्नु परेको छ। उनी थाकिसक्दा समेत निरन्तर अभ्यास गर्न रुचाइरहेका छन्।’
पोन्टिङले सन्दीप आफ्नो टोलिका उत्कृष्ट बिदेशी खेलाडी भएको बताउदै उनको प्रतिभा र खेल प्रतिको लगावको पनि प्रशंसा गरे। '‘स्यान्डी (सन्दीप) निक्कै नै प्रतिभावान स्पिन बलर हुन्। उनीसँग अविश्वसनीय एटिच्यूड छ। उनी हाम्रो टोलीका उत्कृष्ट विदेशी खेलाडी हुन्’ पोन्टिङले भने।
आइपीएलको अक्सनमा पर्ने र अनुबन्ध जित्ने पहिलो नेपाली क्रिकेटर हुन। दिल्लीले सन्दिपलाई २० लाख भारु अर्थात ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो। आइपिएलमा सन्दिपको अनुबन्धसंगै नेपाली क्रिकेट र क्रिकेटरको उचाई बढेको विश्लेषण गरिएको छ भने सन्दिपको उपलब्धीमा नेपाली फ्यानहरु समेत हर्षित छन।
आइपीएलमा सन्दिप खेलेको हेर्ने नेपाली फ्यानको चाहना पुरा हुन्छ हुँदैन त्यसका लागि पनि आइतबार हुने खेल र त्य्सपछाडीको खेल पर्खनु पर्नेछ।