९८ अर्ब खर्चेर कसले किन्यो भारतीय क्रिकेट टिमको प्रशारण अधिकार ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 10:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेट टिमको बिश्वब्यापी प्रशारण झन्डै १ खर्बमा बिकेको छ। स्टार इन्डियाले ६ हजार १ सय ३८ करोड भारु रुपियाँ अर्थात करिब ९८ अर्ब रुपैयाँमा उक्त प्रशारण अधिकार किनेको हो। 

स्टार इन्डियाले ५ बर्षका लागि भारतीय टिमको प्रसारण अधिकार लिएको हो। सन २०१८ देखि २०२३ सम्मका लागि भारतीय क्रिकेट टिमको प्रशारण अधिकार स्टार इन्डियासंग रहनेछ।    

यससंगै अब स्टार इन्डियासँग दुई वटा ठूला खेलका प्रसारण अधिकार रहने भएको छ। गएको सेप्टेम्बेरमा मात्रै स्टार इन्डियाले सन २०२२ सम्मका लागि आईपीएल प्रसारण गर्ने अधिकार १६ हजार ३ सय ४७ करोड भारुमा किनेको थियो । 

भारतीय खेलका मात्रै नभई स्टार इन्डियासँग सन २०१५ देखि २०२३ सम्मको आईसीसीका प्रतियोगिताको प्रसारण गर्ने अधिकार छ। यो अधिकारका लागि उसले एक अर्ब ९० करोड अमेरिकी डलर खर्चिएको थियो । 

स्टार इन्डियाले पाँच वर्षका लागि १ सय २ पुरुष अन्तर्राष्ट्रिय खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । सन् २०१२ देखि २०१८ सम्ममा ९६ खेलको प्रसारण अधिकार प्राप्त गरेको थियो । 

भारतीय क्रिकेट टिमको प्रसारण अधिकार ई–अक्सनमार्फत बेचिएको हो । ई–अक्सन खेल क्षेत्रमा पहिलो पटक भएको बताइन्छ । स्टार इन्डिया, सोनी पिक्चर्स नेटवर्क, रिलायन्सले लिलाममा भाग लिएका थिए । 

मंगलबार दिउँसो दुई बजेबाट सुरु भएको बोलकबोलमा त्यस दिन सबैभन्दा बढी ४ हजार ४ सय ४२ करोडको दाम लागेको थियो । त्यस्तै बुधबार ६ हजार ३२ करोड अन्तिम बोलि रहेको थियो । 

बिहीबार भने ६ हजार ६१ करोडबाट सुरु भएको लिलाम बढाबढ ६ हजार १ सय ३१ करोडमा पुगेर रोकिएको थियो । अन्तिम बोलि स्टार इन्डियाको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved