डीपीएल क्रिकेट : पानीले खेल प्रभावित्

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 07, 2018 | 11:56:50 AM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाले अंक बाँडेका छन् । 

विहानै देखी पानी परेर मैदान हिलाम्मे भएपछि खेल हुन सक्ने स्थिती नभएका कारण दुवै टीमले एक–एक अंक पाएका हुन् । आज एक अंक पाएपछि अंक तालिकाको दोश्रो स्थानमा रहेको महेन्द्रनगरको चार खेलबाट पाँच अंक भएको छ । यस्तै, चार खेलबाट ३ अंक बनाएको अत्तरिया तालिकाको पाँचौ स्थानमा छ । 

आजको दोश्रो खेल दिउँसो १ बजेपछि टिम चौरहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच हुँदैछ । आजको खेल जिते धनगढीले प्रतियोगिताको प्लेअफ खेल्ने सम्भावना बलियो बनाउनेछ । अहिलेसम्मका चारवटै खेल हारेको रुपन्देही पहिलो जितको लक्ष्य सहित मैदान उत्रदै छ । तर आजको खेल जितेपनि हारेपनि रुपन्देहीलाई कुनै अर्थ रहने छैन । रुपन्देही यस अघि नै प्लेअप खेल्नबाट बाहिरिसकेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved