खेल्न पाएनन् सन्दिपले पहिलो खेल

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 03:45:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका नेपाली क्रिकेटर सन्दिप लामिछानले पहिलो खेल नखेलने भएका छन् । 

मोहालीमा किंग्स इलावेन पञ्जावसँग खेल्ने तयारीमा रहेको दिल्लीले मैदान उत्रिने खेलाडीको सन्दिपको समावेश नगरेको हो । दिल्लीले चार जना विदेशी खेलाडी डेनियल क्रिस्टियन, कोलिन मुन्रो, क्रिश मोरिश र ट्रेन्ट बोल्टलाई खेलाएको छ । भारतीय स्पिनर अमित मिश्र पनि खेल्ने भएका कारण सन्दिपले मौका नपाएका हुन् ।

सन्दीप २० लाख भारुमा दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् । दिल्लीले एक मात्र स्पिनर अमित मिश्रलाई बलरका रुपमा आजको खेलमा छानेको छ । सन्दिपसँगै दिल्लीबाट अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेलले पनि आजको खेल खेल्ने छैनन् । 

पञ्जावविरुद्ध मैदान उत्रिने दिल्लीको टिम :

गौतम गम्भिर (कप्तान)

कोलिन मुन्रो

राउल तेवतिया

ऋषभ पन्त

श्रेयर अय्यर

क्रिश मोरिश

विजय शंकर

अमित मिश्र

मोहमद शामी

ट्रेन्ठ बोल्ट

डेनियल क्रिश्चियन


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved