पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंस डीपीएलबाट बाहिरियो

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 05:57:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सिवासी अत्तरिया धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको अघिल्लो चरणमा पुगेको छ । 

धनगढीमा आईतबार भएको दोश्रो खेलमा विराटनगर किंग्स इलावेनलाई ६ विकेटले हराउँदै अत्तरिया समूह चरणमा चौथो भएर अघिल्लो चरणमा पुगेको हो । हारपछि राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्काले नेतृत्व गरेको विराटनगर किंग्स प्रतियोतिगाबाट बाहिरिएको छ । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा जितका लागि पाएको ५६ रनको लक्ष अत्तरियले खेल सकिन २ बल बाँकी छँदा भेट्टायो । मैदान हिलो भएकै कारण आइतबारको पहिलो खेल हुन नसकेपछि काठमाडौं गोल्डेन्स् र महेन्द्रनगर युनाइटेडले अंक बाँडेका थिए । 

यससँगै अंक तालिकाको पहिलो स्थानमा रहेको काठमाडौंको पाँच खेलबाट ९ अंक भएको छ । महेन्द्रनगर ६ अंक सहित तेस्रो स्थानमा रह्यो  । अब काठमाडौंले पहिलो क्वालिफायरमा धनगढी टिम चौरहासँग खेल्ने छ ।  महेन्द्रनगर र अत्तरियाले इलिमिनेटर राउण्ड खेल्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved