सन्दिपको टिम पहिलो खेलमै पराजित, राहुलको कीर्तिमानी अर्धशतकमा पन्जाबको सुखद सुरुवात

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 07:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग सिजन एघारको आफ्नो पहिलो खेलमा दिल्ली डेयर डेभिल्स किङ्स इलाभेन पञ्जाबसंग पराजित भएको छ। नेपालका सन्दीप लामिछानेको टिम दिल्ली डेभिल्स ६ विकेटले पराजित भएको हो। 

आइतबार साँझ भएको खेलमा किङ्स इलाभेन पञ्जाबका ओपनर केएल राहुलेले कीर्तिमानी अर्धशतक प्रहार गर्दा पन्जाबले ६ विकेटले खेल जितेको हो। राहुलले यस अघि इरफान पठान र सुनिल नारायनको नाममा रहेको रेकर्ड तोड्दा उनको टिमले पनि बिजयी सुरुवात गरेको छ। राहुलले दिल्ली डेयरडेभिल्स विरुद्धको खेलमा १४ बलमै ५० रन हानेका हुन। १४ बलमा ४ चौका र छक्काको मद्दतले अर्धसतक पुरा गरेका हुन।

दिल्लीले दिएको १६७ रनको चुनौतीलाई पछ्याउने क्रममा पन्जाबले ७ बल बाँकी छदाँ चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको क्षतिमा १६६ रन बनाएपछि पञ्जावले मध्यम लक्ष्य पाएको थियो। सन्दिपलाई बाहिर राखेर अमित मिश्रलाई ल्याउनु दिल्लीका कप्तान गौतम गम्भीरको लागि महँगो साबित भएको छ। अजय मिश्रले एकै ओभरमा २४ रन खर्चिदा दिल्लीले पहिलो खेलमै पराजय बेहोरेको छ। 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved