आईपीएल : कोलकाताद्धारा विराटको कप्तानीमा रहेको बेङ्लोर ४ विकेटले पराजित

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 03:17:54 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले बेङ्लोरलाई ४ विकेटले पराजित गरेको छ । कोलकाताको इडेन गार्डेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । एवी डिभिलिर्सले ४४, ब्रान्डन म्याक्कुलमले ४३ र मन्दिप सिंहले ३७ र कप्तान विराट कोहलीले ३१ रन बनाए । 

जवाफी ब्याटिङमा मैदान उत्रेको कोलकाताले घरेलु मैदानमा १८ ओभर ५ बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । कोलकाताको जितमा म्यान अफ द म्याच बनेका सुनिल नारायनले १९ बलमा चार चौका र ५ छक्काको मद्दतमा ५० रन बनाए । कप्तान दिनेश कार्तिकले ३५ तथा नितेश रानाले २४ रन जोडे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved