मेसीले गोल गर्दा बार्सिलोनामा कम्पन हुने पुष्टि, सिस्मोमिटरमा रेकर्ड भयो तथ्यांक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 11, 2018 | 12:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनका वैज्ञानिकहरूले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा 'साँच्चै नै कम्पन हुने गरेको' पाइएको बताएका छन्। अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए। र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन्।

जब दर्शक खुशियाली मनाउन उफ्रिन्छन् तब भूकम्प मापन यन्त्रले स्पष्ट रुपमा कम्पनलाई देखाउने गरेको वैज्ञानिकहरु बताउँछन् । पछिल्लो पटक जब बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेइनलाई हराउँदै क्वार्टरफाइल पुग्यो त्यतिबेला यस्तो ‘स्पाइक’ धेरै देखिएको थियो । च्याम्पियन्स लिगको त्यो खेलमा मेस्सीको टिम बार्सिलोनाले पेरिस सेन्ट जर्मेइनलाई समग्रमा ६–५ ले हराएको थियो ।

बैज्ञानिकहरुले कन्सर्टमा भन्दा बार्सिलोनाले गोल गर्दा हुने सेलिब्रेसनमा बढी जमिन थर्किने गरेको बताएका छन् । 

गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्। अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन्।

उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved