पन्चकन्याको तेजको 'तेजिलो बलिंग' सामु कान्तिपुर गोर्खाज निरिह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 01:07:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पन्चंकन्याले तेजले जारी एभरेस्ट प्रिमियर लिग टि २० प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ । आज भएको खेलमा पन्चकन्याले कान्तिपुर गोर्खार्जलाई ३४ रनले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिंग गरेको पन्चकन्याले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन जोड्यो । पन्चकन्याको लागि पुष्प थापाले सर्बाधिक ३८, आसिफ शेखले ३२, दिपेन्द्र सिंह ऐरीले २२ तथा कारण केसीले १७ रन जोडे । पन्चकन्याका ३ ब्याट्सम्यान शुन्य मै आउट भए। कप्तान शरद भेषवाकर १ रनमा र भुवन कार्की २ रनमा आउट भए । 

अविनास बोहराले पन्चकन्याको ४ विकेट लिए   ।

१३० को सामान्य लक्ष्य लिएर मैदान उत्रेको कान्तिपुर गोर्खाज पन्चकन्या तेजको कसिलो बलिंग सामु निरिह बन्यो । कान्तिपुरले २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन मात्र जोड्न सक्यो । कान्तिपुरका लागि सन्दिप जोहराले सर्बाधिक १७ रन जोडे भने सुबास खकुरेल, सन्तोष भट्ट र बसन्त रेग्मीले समान १३ रन जोडे । त्यस्तै प्रदिप ऐरीले १२ रन जोडे भने अन्य ब्याट्स म्यानले दोहोरो अंकको रन बटुल्न सकेकन । 

कसिलो बलिंग गरेको पन्चकन्याका सुशील कडेल र करण केसीले ओपनर्सलाई पेभिलियन  फर्काए । कडेलले १ तथा केसीले २ विकेट लिए । त्यस्तै घातक बलिंग गरेका दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिदै मिडल अर्डर ध्वस्त पारिदिए भने भुवन कार्कीले १ विकेट लिए । ऐरी म्यान अफ द म्याच समेत घोषित भए । 

कसिलो बलिंगकारण कान्तिपुरले सानो विजय लक्ष्य पनि पार गर्न सकेन । उसले केवल ९५ रन जोड्यो । जुन जारी प्रतियोगिता कै कम स्कोर हो ।

जित संगै पन्चकन्या तेजले ६ अंक सहित शिर्ष स्थानमा बलियो पकड बनाएको छ । कान्तिपुरको भने ४ खेलबाट केवल ३ अंक भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved