डिपिएल : ३१ बर्षिय सन्नीको सनसनीपूर्ण बलिंङ, १० रन खर्चेर लिए ६ विकेट, ५ खेलाडी शुन्य मै आउट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 12:29:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 धनगढी प्रिमियर लिग(डीपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा अहिले काठमाडौँ गोल्डेन्स र महेन्द्र नगर युनाइटेडबीचको खेल चलिरहेको छ । 

यस खेलमा ३१ बर्षीय सन्नी पटेलले सनसनीपूर्ण बलिंग गर्दै नयाँ किर्तिमान कायम गरेका छन् । काठमाडौं गोल्डेन्सका भारतीय खेलाडी पटेलले एकै खेलमा ६ विकेट लिदै नयाँ कीर्तिमान कायम गरेका हुन् । पटेलले आफ्नो ४ ओभरमा एक मेडन सहित केवल १० रन खर्चदै ६ विकेट लिएका हुन् । 

पटेलले आउट गरेका ६ मध्ये ५ खेलाडी शुन्य रन मै आउट भएका हुन् ।  पटेलले पहिलो ओभरमा  महेन्द्रनगरका कप्तान विनोद भण्डारीलाई शुन्यमा एलबिडब्लु आउट पारे।  त्यसपछि पटेलले विकेट झार्न क्रम जारि राखे। उनले आशिफ शेखलाई शुन्य रन मै, पुनिस्ट बिष्टलाई ७ रनमा, हरि शंकर शाहलाई शुन्य रन मै, रोहित पौडेल र भुवन कार्कीलाई पनि उनले शुन्य रन मै आउट गर्दै किर्तिमान रचेका हुन् ।

यस खेलको बिजेताले भोलि शुक्रबार फाइनल खेलमा उपाधिको लागि टिम चौराहा धनगढीसंग प्रतिस्पर्धा गर्ने छ । धनगढी काठमाडौँलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । 

पटेलले २ दिन अघि मात्र आफ्नो जन्म दिन मनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved