डिपिएल उपाधिको लागि काठमाडौँ र महेन्द्रनगर भिड्ने, सुबोध र सन्नीको उत्कृष्ट प्रदर्शन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 12, 2018 | 03:41:55 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिगको उपाधिको लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्स र सोमपाल कामीको कप्तानीमा रहेको टिम सौराहा धनगढीबीच प्रतिस्पर्धा हुने भएको छ  । आज भएको दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको हो ।यस अघि पहिलो क्वालिफायरमा धनगढीले काठमाडौँलाई हराउदै फाइनल प्रवेश गरेको थियो । 

 आजको खेलमा महेन्द्रनगरले दिएको एक सय ४३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंका लागि भारतीय खेलाडी सुबोध भाटीले विस्फोटक ब्याटिंग गर्दै १८ बलमा ५२ रन बनाए । उनले ४ चौका र ५ छक्कासहित ५२ रनको जोडेका हुन् । उनी प्रतियोगितामै सबैभन्दा छिटो अर्धशतक हान्ने खेलाडी बनेका छन् । उनले केवल १७ बलमा ५० रन  पुरा गरेका थिए ।  त्यस्तै काठमाडौंका लागि अनिल श्रेष्ठले २६, ज्ञानेन्द्र मल्लले २५, भूपेन्द्र थापाले १५ रन जोडे। 

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो  । 

खेलमा ३१ बर्षीय सन्नी पटेलले सनसनीपूर्ण बलिंग गर्दै नयाँ किर्तिमान कायम गरे। पटेलले एकै खेलमा ६ विकेट लिदै नयाँ कीर्तिमान कायम गरेका हुन् । पटेलले आफ्नो ४ ओभरमा एक मेडन सहित केवल १० रन खर्चदै ६ विकेट लिएका हुन् । पटेलले आउट गरेका ६ मध्ये ५ खेलाडी शुन्य रन मै आउट भएका हुन् ।  पटेलले पहिलो ओभरमा  महेन्द्रनगरका कप्तान विनोद भण्डारीलाई शुन्यमा एलबिडब्लु आउट पारे।  त्यसपछि पटेलले विकेट झार्न क्रम जारि राखे। उनले आशिफ शेखलाई शुन्य रन मै, पुनिस्ट बिष्टलाई ७ रनमा, हरि शंकर शाहलाई शुन्य रन मै, रोहित पौडेल र भुवन कार्कीलाई पनि उनले शुन्य रन मै आउट गर्दै किर्तिमान रचेका हुन् ।

 पटेलको उत्कृष्ट बलिंग संगै १० रन बनाउँदा ६ विकेट गुमाएको  महेन्द्रनगरका लागि आरिफ शेख, पुनित मेहरा र करण केसीले सम्मानजनक स्कोर बनाए  । खेलमा आरिफले ४३ , पुनित मेहराले ५८ रन र करण केसीले २१ रन जोडे।

फाइनल खेल भोली शुक्रबार हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved