प्यासिफिक कप भलिबलको फाइनल खेल आज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 09:08:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरस्थित थाहा नगरपालिका ६ बज्रबाराहीमा जारी जिल्लास्तरीय प्यासिफिक कम भलिबल प्रतियोगिताको आज फाइनल खेल हुदैछ । बिहिबार भएको खेलमा बिनयबाबु स्मृति प्रतिष्ठान समुहलाई हराउदै रामलाल श्रेष्ठ प्रतिष्ठान समुह फाइनलमा पुग्न सफल भएको थियो भने अर्को खेलमा प्रतिभा युवा क्लबलाई हराउदै हेटौडा १२ युवा क्लबले जित दर्ता गरेको थियो । आज हेटौडा १२ युवा क्लब र रामलाल श्रेष्ठ प्रतिष्ठान समुह उपाधिका लागि भिड्दै छन् । खेलको उपाधि बिजेतालाई ५० हजार रुपैयासहित प्रमाणपत्र, दृतिय हुनेलाई ३० हजार रुपैयासहित प्रमाणपत्र र तृतीय हुनेलाई १५ हजार रुपैयासहित प्रमाणपत्र पुरस्कारस्वरूप प्रदान गरिने छ । प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित प्रतियोगितामा बागेश्वरी युवा क्लब, नारायणी युवा क्लब, संगमचोक युवा क्लब, स्वचंड भैरब युवा क्लब, मंगोलियन युवा समुह, बज्रबाराही युवा क्लब लगायत गरि १० टिम सहभागी थिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको सस्थाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved