डिपिएल फाइनल : काठमाडौँलाई १८२ रनको बिजयी लक्ष्य (लाइभ)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 13, 2018 | 01:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्दै छन् ।

खेलमा पहिले टस जितेर ब्याटिंग गरेको टिम चौराहा धनगढीले काठमाडौँलाई १८२ रनको बिजयी लक्ष्य दिएको छ । धनगढीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन  जोडेको हो । धनगढीको लागि सुनिल धमलाले सर्बाधिक ६३ बलमा ७८ रन जोडे भने रोहण मुस्तफाले ४२ बलमा ६० रन जोडे । त्यस्तै सोमपालकामिले ८ र अस्फाक एहमद्ले  ४ रन जोडे । 

बिहिबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौँ गोल्डेन्स फाइनलमा प्रवेश गरेको हो । टिम चौराहा धनगढीले भने काठमाडौँलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो  । 

उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ । यो प्रतियोगितामा काठमाडौं र धनगढीले दुईपटक खेलेकोमा एक एक खेल जितेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले धनगढीलाई ७ विकेटले हराएको थियो भने प्रतियोगिताको एलिमिनेटरमा काठमाडांैलाई एक विकेटले हराउँदै धनगढीले बदला लिएको थियो । 

 लाइभ हेर्न यहाँ क्लिक गर्नु होस् अथवा https://piay.iflix.com/play/105330 मा गएर पनि लाइभ हेर्न सकिन्छ  । 



हेर्नुस लाइभ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved