बिशाल ओरियर्सको लगातार दोस्रो जित, पारस खड्काको नट आउट ५६

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 05:17:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बिशाल ओरियार्सले एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । आज भएको खेलमा बिशाल ओरियार्सले जगदम्बा राइनोसलाई  ७ विकेटले पराजित गर्यो । 

वर्षाका कारण १६ ओभरमा झारिएको खेलमा पहिले ब्याटिंग गरेको जगदम्बाले ६ विकेटको क्षतिमा ११० रन बनायो । जगदम्बाको लागि अमित श्रेष्ठले सर्बाधिक ३९, प्रेम तामांगले २६, सुबेन्धु पाण्डेले १२ तथा महेश क्षेत्रिले १० रन जोडे । 

राम नरेश गिरीले जगदम्बाको ३ विकेट लिए  ।  

१ सय ११ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको बिशाल ओरियर्सले सो लक्ष्यले १५ बल अगावै १३.३ ओभरमै ३ विकेटको क्षतिमा भेट्टायो । ओरियार्सको जितमा कप्तान पारस खड्काले नट आउट ५६, सागर पुनले २३, परेस लोहनीले १३, राजु रिजालले ५ तथा मन्जित श्रेष्ठले ८ रन जोडे  ।  

गजदम्बाको तर्फबाट शाह आलमले २ तथा शक्ति गौचनले १ विकेट लिए  । जित संगै बिशाल ओरियर्स  ५ अंक सहित तालिकामा दोस्रो स्थानमा उक्लेको छ  ।  

कप्तान पारस खड्काले भने लगातार दोस्रो पटक म्यान अफ द म्याच उपाधि हात पारे   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved