डीपीएलको उपाधि टिम चौराह धनगढीलाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2018 | 04:19:01 PM मा प्रकाशित

laxmi  sunrise bank

धनगढी प्रिमियर लिगको उपाधि घरेलु टोली टिम चौराह धनगढीले जितेको छ । शुक्रबार भएको फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि उचालेको हो । 

टस जितेर ब्याटिङ रोजेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो । धनगढीका लागी सुनिल धमला र रोहन मुस्तफाले एक सय ४२ रनको साझेदारी गरे । मुस्तफाले ४२ बलमा चार चौका र चार छक्काको मद्दतमा ६० रन बनाए । सुनिल धमलाले ६२ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ७८ रन बनाए ।

 १ सय ८२ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ६० रन मात्र बनायो  । काठमाडौँको लागि  सुबोध भाटीले ५ रन,  पुष्प थापाले १५ रन, अमित श्रेष्ठले ५८ रन, कप्तान ज्ञानेन्द्र मल्लले ३० रन, नरेश बूढाएयरले १९ त्तहा सन्नी पटेलले २२ रन जोडे ।

  खेल जितेसँगै चौराहले २५ लाख रुपैयाँ प्राप्त गरेको छ ।  उपविजेतामा  चित्त बुझाएको काठमाडौं गोल्डेन्सले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved