च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको बराबरी, बायांन म्युनिकको हार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 08:44:38 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल प्रतियोगिiता अन्तर्गत गएराती भएको खेलहरुमा म्यानचेस्टर सिटीले बराबरी खेलेको छ भने बायान म्युनिक पराजित भएको छ।  सिटीले सेल्टिकसंग ३ – ३ को बराबरी खेलेको हो। खेलको ३ मिनेट मै  सेल्टिकका मोउसा डेम्बेलले गोल गर्दै सेल्टिकलाई अग्रता दिलाएका थिए ।  खेलको ११ औ मिनेटमै  सिटीका फर्मान्डिनो लुइज रोजाले गोल गर्दै खेल बराबरीमा ल्याए ।  

खेलको २० औं मिनेटमा सेल्टिकले आत्मघाती गोल उपहार पायो। सेल्टिकका डिफेन्डर कियरन थियन्री हानेको प्रहार म्यानचेष्टरर सिटीका रहिम स्ट्रीलिङलाई लागेर आत्मघाती गोल भएको थियो ।  त्यसको ८ मिनेट मै  स्ट्रीलिङले  गोल गर्दै म्यानचेष्टर सिटीलाई फेरी बराबरीमा ल्याए  ।

४७ औं मिनेटमा  डेम्बेलले गोल गर्दै फेरि सेल्टिकलाई अग्रता दलाए। म्यानचेष्टर सिटीका नोलिटोले ५५ औं मिनेटमा गोल गर्दै खेल गर्दै फेरी खेल बराबरी मै ल्याए। त्यसपछि कुनै गोल हुन् नसकेपछि दुवै टोली अंक बाड्न बाध्य भए । 

हिजो नै भएको अर्को खेलमा एथलेतिको म्याड्रिडले बायान म्युनिकलाई १-० ले पराजित गर्यो । खेलको ३५ औ मिनेट एथलेतिकोका भिसेन्ते कालडेरोनले गरेको गोल नै निर्णायक बन्यो । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved