20 May, 2018 | ६ जेठ २०७५ | आइतवार






Bizpati Reporter

Follow us on

कोपा डेल रेको उपाधि बार्सिलोनाको पोल्टामा

Posted on:April 22, 2018

citizen bank

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार भएको फाइनल खेलमा सेभिल्लालाई ५– ० गोल अन्तरले हराउँदै बार्सिलोनाले चौथो पटक कोपा डेल रेको उपाधि उचालेको हो । 

बार्सिलोनाका लागी लुइस सुवारेजले दुई, लियोनेल मेस्सी र आन्द्रेइ इनिएष्टा र कोटिन्होले एकएक गोल गरे । पहिलो हाफमा ३–० को अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफमा दुई गोल थप्दै सेभिल्लालाई दबाबमा राख्यो । एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिल्ला फाइनलमा बार्सिलोनासँग नराम्ररी पराजित भयो । 


Share your thoughts!

Loading...

Trending