आफ्नै मैदान पनि फापेन दिल्लीलाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2018 | 03:08:17 PM मा प्रकाशित

laxmi  sunrise bank

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किंकग्स इलाभेन पञ्जाबसँग पराजित भएको छ । दिल्ली आफ्नै मैदानमा पन्जाबसँग ४ रनको झिनो अन्तरले पराजित भएको हो ।

फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । पञ्जावका लागि करण नायरले ३४ रन, डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंहले १४ रन बनाए । १४४ रनको सामान्य लक्ष्य पछ्याएको दिल्ली ८ विकेट गुमाउँदा १३९ रनमा अल आउट भयो । दिल्लीका लागि श्रेयस ऐयरले ५७ रन, राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए । आज भएको खेलमा दिल्लीको घरेलु मैदानमा उसैलाई हराएको पन्जाब १० अंक सहित आईपीएलको शीर्ष स्थानमा छ । दिल्लीले आजको खेलमा ५ खेलाडी परिवर्तन गरेपनि नेपाली खेलाडी सन्दिप लामिछाने भने आजको खेलमा पनि टिममा परेनन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved