दिल्लीका कप्तानले दिए राजिनामा, पाउलान त अब सन्दिपले चान्स ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 25, 2018 | 03:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग क्रिकेट टिम दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानीबाट राजिनामा दिएका छन् । आफुले खेलेका ६ मध्ये ५ मा हार बेहोर्दै क्वेल २ अंक मात्र जोड्न सकेपछि दिल्लीका कप्तानले राजिनामा दिएका हुन् ।  राजिनामा दिदै गम्भीरले अंक तालिकामा पुछारमा भएको सबै जिम्मेवारी आफुले लिने बताएका छन् ।

अब टिमको कप्तानी २३ बर्षीय भारतीय खेलाडी श्रेष ऐयरले सम्हाल्ने छन् । टिमका प्रशिक्षक रिकी पोंटिंगले अझै ८ खेल खेल्न बाँकी रहेकोले आफुहरु प्ले अफसम्म पुग्ने बिश्वास गरेका छन् ।  

दिल्लीको टिममा नेपाली खेलाडी सन्दिप लामिछाने पनि आबद्द छन् । तर उनले हालसम्म कुनै पनि खेल खेल्न पाएका छैनन् । नयाँ कप्तान आएसंगै सन्दिपले खेल्न पाउने आशा समर्थकले व्यक्त गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved