पन्चकन्या तेजको लगातार चौथो जित, फाइनल खेल्ने लगभग निश्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 29, 2016 | 05:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

पन्चकन्या तेजले जारी एभरेष्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगितामा लगातार चौथो जित हात पारेको छ ।  आज खेलमा पन्चकन्याले सगरमाथा लेजेण्डसलाई ४९ रनको भारी अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिंग गरेको पन्चकन्याले निर्धारित २० ओभरमा १८५ रन बनायो । पन्चकन्याको लागि  कारण केसीले अर्धशतकीय पारी खेल्दै ५२ रन जोडे, उनी म्यान अफ द म्याच पनि घोषित भए  । त्यस्तै कप्तान शरद भेषवाकरले ३०, पृथु बास्कोटाले नट  आउट ३८, कुशल भुर्तेलले २२ , सोनु तामांगले १७, दिपेन्द्र सिंह ऐरीले ११ रन जोडे । 

सगरमाथाका तर्फबाट बिक्रम सोबले सर्बाधिक २ विकेट लिए ।

१८६ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रेको सगरमाथा लेजेण्डसले कमजोर प्रदर्शन गर्दै  १७.४ ओभर मै सबै विकेट गुमाउदै १३६ रन मात्र जोड्न सक्यो । सगरमाथाका लागि सुनिल धमलाले १८, दिलिप नाथले १४, मोहमद आलमले २३ तथा चन्द्र साउद र राहुल बिश्वकर्माले समान २२ रन जोडे। यो संगै सुनिल धमलाको प्रतियोगिताको कुल रण   १७२ पुगेको छ । जुन अहिले सम्म कै बढी रन हो ।

कप्तान बिनोद भण्डारी १ रन मै आउट भए भने अनिल मण्डल डक आउट भए  ।

जित संगै पन्चकन्याले ८ अंक सहित शिर्ष स्थनमा आफ्नो पकड बलियो बनाएको छ । यस संगै फाइनल खेल्ने सम्भावना बलियो भएको छ । तालिकामा शिर्ष २ स्थान रहने टोलीले फाइनल खेल्ने छन् । राम्रो रन रेट भएकाले पन्चकन्याले आफ्नो अन्तिम खेलमा भारी अन्तरको पराजय बेहोरे  मात्र फाइनल खेल्न बाट बन्चित हुन् सक्छ ।  

उता लगातार चौथो हार बेहोरेको सगरमाथा भने उपाधि होडबाट बाहिरिसकेको छ । जारी प्रतियोगितामा सगरमाथा २० ओभर अगावै अल आउट हुने पहिलो टोली पनि बनेको छ । 

 सगरमाथासंगै आफ्नो सबै खेल खेलिसकेको कान्तिपुर गोर्खाज पनि बाहिरिसकेको छ । २ खेल खेल्न बाँकी रहेको जगदम्बा राइनोस पनि उपाधि होडबाट बाहिरिसकेको छ   । उसको अहिले २ अंक मात्र छ  । उसले फाइनल पुग्नको लागि बाँकी रहेका दुवै खेल जित्नु पर्ने हुन्छ र अन्य टिमको नतिजामा भर पर्नु पर्ने हुन्छ । 

 अब पन्चकन्या तेज, बिशाल ओरियार्स र कलर्स एक्स फ्याक्टर मध्ये २ ले फाइनल खेल्ने लगभग निश्चित जस्तै छ  । पन्चकन्या तेजले एक खेल मात्र खेल्न बाँकि छ भने बिशाल ओरियार्स र कलर्स एक्स फ्याक्टरले २-२ खेल खेल्न बाँकी छ ।  

यो पनि : 

प्रधानमन्त्रीको २४ छलाङ्, दिनदिनै आलोचनाको इस्युमष्ट वान्टेडसंग ह्याण्डसेकदेखि भ्रष्टाचार ढाकछोपसम्म

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved