गौतम गम्भीरले दिए दिल्ली डेयरडेभिल्सको कप्तानबाट राजीनामा, ४ करोड ५० लाख टिमलाई नै फिर्ता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 25, 2018 | 09:10:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जारी इन्डियन प्रिमियर लिग (आइपिएल) का पाँच खेलमा पराजित भएपछि निराशाजनक प्रदशनको जिम्मेवारी लिंदै गौतम गम्भीरले दिल्ली डेयरडेभिल्सको कप्तानीबाट राजिनामा दिएका छन।  बुधबार कप्तानी छोडेको घोषणा गरेका गम्भीरले टिमले दिएको ४ करोड ५० लाख रुपैयाँ समेत नलिने भएका छन। 

आइपिएल मा राम्रो प्रदशन गर्न नसकेपछि पारिश्रमिक नलिने घोषणा यहि नै पहिलो हो। गम्भीरले कप्तानका रूपमा प्रदर्शन राम्रो गरे पनि यस  सिजन ब्याट्सम्यानका रूपमा चल्न सकेका थिएनन्। ६ खेलमा एक अर्धसतकसहित ८५ रनमात्र बनाएका गम्भीरले ट्वी-ट्वान्टीमा चाहिने रफ्तारमा रन बनाउन सकेका थिएनन।

यस घटनाक्रमको जानकारी राख्ने व्यक्तिको हवाला दिंदै भारतको पिटीआई मिडियाले गौतमले यस प्रतियोगिताबाट पैसा नलिने निर्णय गरेको समाचार प्रकाशित गरेको छ। समाचारमा उल्लेख भएअनुसार गम्भीरले यस प्रतियोगितामा बाँकी रहेका खेलका लागि समेत पैसा लिनेछैनन।

गम्भीरले कप्तानीबाट राजिनामा दिएपछि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सहभागी रहेको दिल्ली डेयरडेभिल्सको नयाँ कप्तानमा श्रेयस ऐय्यर चयन भएका छन। 

३६ वर्षका गम्भीरको ठाउँमा दिल्लीले २३ वर्षका ऐय्यरलाई कप्तान चुनेको हो। गम्भीरको कप्तानीमा दुई पटक कोलकोत्ता नाइट राइडर्सले आइपिएलको उपाधि जितेको थियो। गम्भीरको नेतृत्वमा दिल्लीले यसपालिको संस्करणमा खेलेका ६ मध्ये ५ खेलमा पराजय बेहोरेको छ।  


   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved