फस्ट आइएमई जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 27, 2018 | 02:36:08 PM मा प्रकाशित

laxmi  sunrise bank

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगीता हुने भएको छ । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा जेष्ठ ६ गतेदेखि १२ गतेसम्म प्रतियोगीता हुन लागेको हो । 

शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगीताका विषयमा जानकारी गराईएको थियो । आइएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल (ढकाल), अल नेपाल लन टेनिस एसोसियसनका महासचिव मनोहर दास मोल, जेटीआई संयोजक कृष्ण राज घले र आइएमई ग्रुपका जनसम्पर्क प्रमुख राजु पौडेल सहभागी थिए । काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश, बाह्र र चौध वर्षमूनिका बालबालिकाहरुका लागि उक्त प्रतियोगिता आयोजना हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved