माईभ्याली गोल्डकपको उपाधी थ्री स्टारलाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 04:54:05 PM मा प्रकाशित

laxmi  sunrise bank

इलाममा जारी माईभ्याली गोल्डकप फुटबल प्रतियोगीताको उपाधी रुस्लान थ्री स्टार क्लबले जितेको छ । सोमबार भएको फाईनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधी उचालेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि थप गरिएको १५ मिनेटको तेस्रो मिनेटमा थ्री स्टारका सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । निर्धारित समयमा गोल गर्ने राम्रा अवसरमा दुवै टोलीले खेर फालेका थिए । बिजेता बनेको थ्री स्टारले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाएको छ । 

सेमिफाईनल खेलमा मनाङ त्रिभुवन आर्मीलाई र थ्री स्टार शसस्त्र प्रहरीको एपिएफ क्लबलाई हराएर फाइनलमा पुगेका थिए । माईभ्याली गोल्डकप यो सिजनकै पहिलो प्रतियोगीता हो । 

फोटो : GoalNepal.com


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved