आइपिएल : बैंग्लोरद्धारा मुम्बइ इन्डियन्स १४ रनले पराजित, आज दिल्ली र राजस्थान भिड्दै

निरोज कुमार थापा

निरोज कुमार थापा

May 02, 2018 | 12:18:23 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट अन्तर्गत गयराती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बइ इन्डियन्सलाई १४ रनले पराजित गरेको छ । 

बैंग्लोरको घरेलु मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ७ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार पारेको थियो । बैंग्लोरका लागि मनन भोहराले ४५, ब्रेण्डन म्याक्कुलमले ३७ रन र विराट कोहलीले ३२ रन बनाए । १ सय ६८ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन मात्रै बनाउन सक्यो । मुम्बईका हार्दिक पाण्डेले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले राम्रो अंक जोड्न सकेनन् । 

जितसँगै बैंग्लोरले प्ले अफ्मा पुग्ने सम्भावना जिवित राखेको छ । आईपिएल क्रिकेटमा आज दिल्ली डेयरडेभिल्स र राजस्थान रोयल्स भिड्दैछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved