सुपर ओभरमा कलर्सको रोमान्चक जित, फाइनल सम्भावना कायमै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 01:15:12 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट प्रिमियर लिगमा कलर्स एक्स फ्याक्टरमा तेस्रो जित हात पारेको छ । आज भएको खेलमा सुपर ओभरमा कलर्सले जगदम्बा राइनोसलाई पराजित गरेको हो । 

टस जितेर ब्याटिंग गरेको कलर्स एक्स फ्याक्टरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोड्यो । कलर्सका लागि ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले समान २९ रन जोडे भने योगेन्द्र सिंह कार्कीले १६ तथा सिद्दान्त लोहनीले १९ रन जोडे । यो बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

कलर्सलाई सस्तैमा समेट्न सोमपाल कामीले   तथा निजामुदिन हलवाईले समान ३-३ तथा शक्ति गौचनले २ विकेट लिए ।

११३ रनको विजय लक्ष्य सहित मैदान उत्रेको जगदम्बा राइनोसले २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन नै जोड्न सक्यो । जगदम्बाका लागि महेश क्षेत्रीले सर्बाधिक २२ , सोमपाल कामीले १९, अमित श्रेष्ठले १५, शक्ति गौचनले १४ तथा पवन शरफले १९ रन जोडे  । 

संगम रेग्मीले ४ तथा योगेन्द्र सिंह कार्कीले २ विकेट लिए ।

खेल बराबरी भए पछि सुपर ओभर भयो   । 

सुपर ओभर 

जगदम्बा राइनोसको लागि सुपर ओभरमा सोमपाल कामी र सौरभ खनाल ब्याटिंगमा आएका थिए । पहिलो बलमा सोमपालले २ रन लिए ।  बलिंगमा आएका अविनाश कर्णले दोस्रो बल वाइड फ्याके त्यसपछि अर्को बलमा सोमपालले छक्का  प्रहार गरे । तेस्रो बल डट भयो भने चौथो बलमा सोमपाल कामी आउट भए । चौथो बलमा सौरभ खनालले १ रन लिए भने अन्तिम बलमा पवन शरफ आउट भए  । 

कलर्सले सुपर ओभरमा ११  रनको लक्ष्य पाएको थियो  । 

कलर्सका लागि ब्याटिंग गर्न सिद्दान्त लोहनी र ज्ञानेन्द्र मल्ल आएका थिए भने सोमपाल कामीले बलिंग गरे । सिद्दान्तले पहिलो बल मै छक्का प्रहार गरे भने दोस्रो बलमा १ रन लिए । तेस्रो बलमा मल्लले २ रन लिए । चौथो बल डट भयो भने पाचौ बलमा मल्लले २ रन लिदै जित सुनिश्चित गरे ।  

जित संगै कलर्सको ६ अंक भएको छ र फाइनलको सम्भावना कायमै राखेको छ भने जगदम्बा बाहिरिएको छ ।  

फाइनल प्रवेशको लागि कलर्स, बिशाल वोरियार्स, र पन्चकन्या तेजबिच प्रतिस्पर्धा हुने छ । यी तिन मध्ये २ टिम फाइनल पुग्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved