पन्चकन्या तेजको लगातार पाचौं जित, टेबल टपर बन्दै फाइनलमा प्रवेश 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 05:31:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट प्रिमियर लिग अन्तर्गतको टि-२० विश्वकपमा पन्चकन्या तेजले लगातार पाँचौ जित दर्ता गरेको छ। आज भएको खेलमा पन्चकन्या तेजले बिशाल वरियर्सलाई ३ बल अगाबै २ विकेटले पराजित गरेको छ। 

पहिले ब्याटिंङ गरेको बिशाल वरियर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४२ रन जोड्यो। बिशाल वरियर्सका लागि सागर पुनले ४४, मन्जित श्रेष्ठ ४०, पारस खड्काले २७ रन जोडे भने बाँकी अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन। बिशाल वरियर्सलाइ १४२ रनमा सिमित राख्नका लागि शुसिल कंडेल र भुवन कार्कीले २-२ विकेट लिए भने करन केसी र दिपेन्द्र सिंगले १-१ विकेट लिए। 

बिशाल वरियर्सले प्रस्तुत गरेको १४२ रनको बिजय लक्ष्य सहित मैदान उत्रेको पन्चकन्या तेजले १९ ओभर ३ बल खेल्दै ८ विकेटको क्षतिमा १४३ रन जोड्दै लगातार पाँचौ जित दर्ता गर्दै फाइनलमा प्रवेश गरेको छ। 

पन्चकन्याको जितमा आरिफ शेखले सर्वाधिक ४७ रन जोडे भने पृथु बास्कोटा २७, सोनु तामांग १४ र दिपेन्द्र ऐरेले १२ रन जोडे। बिशाल वरियर्सका तर्फबाट दिपेश श्रेष्ठले सर्वाधिक ४ विकेट लिए भने रामनरेश गिरिले २ र सुशन भारी र सागर पुनले १-१ विकेट लिए।

प्रतियोगिताका कुल ५ खेलमा सबैमा जित दर्ता गर्दै १० अंक सहित पन्चकन्या तेज अंक तालिकामा शिर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ। त्यस्तै प्रतियोगितामा ४-४ खेल खेलेका कलर्स एक्स फ्याक्ट्रर र बिशाल वरियर्स क्रमश ६ र ५ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन। पारस खड्काको बिशाल वरियर्सले प्रतियोगितामा पहिलो हार बेहोरेपनि फाइनल प्रवेशको आशा जिवितै राखेको छ। 


 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved