आइपिएलमा नेपाली क्रिकेटर सन्दिप लामिछानेको डेब्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 12, 2018 | 07:24:06 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको घरेलु क्रिकेट लिगमा छनौट भएपछी नेपाली क्रिकेट प्रेमीका आकर्षणका केन्द्र बनेका सन्दिप लामिछानेले दिल्ली डेयर डेभिल्सबाट डेब्यू गरेका छन। 

दिल्ली डेयर डेभिल्सले लामिछानेलाई २० लाख भारुमा अनुबन्ध गरेपनि प्रतियोगिताको ४५ औं खेलमा मात्र खेल्ने अवसर पाएका हुन। यस संगै सन्दिप लामिछाने आइपिएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्न सफल भएका छन। 

पछिल्लो खेलहरुमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले आफ्नो तीन खेल बाँकी रहंदा डेब्यु गराएको हो। लामिछानेले बैंगलोरविरुद्धको खेलमा  दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन। 

यस सिजनमा दिल्ली प्लेअफमा पर्न संघर्षरत: छ। उसको गणितिय हिसाबले प्लेअफमा पर्ने सम्भावन अझै जिवितै छ। यसका लागि उसले आगामी खेलहरूमा फराकिलो जित हासिल हात पार्नुपर्ने छ। फिरोज शाहा कोटला रंगशालामा खेल् सुरू भइसकेको छ। टस जितेर बैगंलोरले दिल्लीलाई ब्याटिङको निम्तो दिएको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved