डेब्यु खेलमा सन्दिप लामिछानेलाई सफलता, पहिलो ओभरमै लिए विकेट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 12, 2018 | 09:26:51 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा जारि आइपिएल प्रतियोगितामा खेल्ने पहिलो मौका पाएका सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमा नै भारतीय क्रिकेटर पार्थिब पटेलको विकेट लिएका छन। 

प्रतियोगितामा दिल्ली डेयर डेभिल्सबाट 'डेब्यु' गरेका लामिछानेले रोयल्स च्यालेन्जर बैंगलोरका ओपनर ब्याट्सम्यान पटेलको विकेट लिएका हुन। उत्कृष्ट बलिंग गरेका लामिछानेले पहिलो ओभरको चौथो बलमा पटेलको विकेट लिएका हुन। 

आइपिएल लिगमा छनौट भएपछी नेपाली क्रिकेट प्रेमीका आकर्षणका केन्द्र बनेका लामिछानेले दिल्ली डेयर डेभिल्सबाट डेब्यू गरेका हुन।  दिल्ली डेयर डेभिल्सले लामिछानेलाई २० लाख भारुमा अनुबन्ध गरेपनि प्रतियोगिताको ४५ औं खेलमा मात्र खेल्ने अवसर पाएका हुन। यस संगै सन्दिप लामिछाने आइपिएलमा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्न सफल भएका छन। पछिल्लो खेलहरुमा बेन्चमा नै बसिरहेका सन्दिपलाई दिल्लीले आफ्नो तीन खेल बाँकी रहंदा डेब्यु गराएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved