इपिएल:उपाधिका लागि पन्चकन्या तेज र कलर्स एक्स फ्याक्टर भिड्ने, पारसको टिम बन्यो 'अभागी'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 01, 2016 | 06:32:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट प्रिमियर लिग उपाधिका लागि पन्चकन्या तेज र कलर्स एक्स फ्याक्टर खेल्ने भएका छन। शनिबार पारस खड्काको कप्तानीमा मैदानमा उत्रेको बिशाल वरियर्स र कलर्स एक्स फ्याक्टरबीचको खेल बर्षातका कारण प्रभावित भएपछि कलर्स एक्स फ्याक्टर्सले भाग्यमानी साबित हुदै फाइनल प्रवेश गरेको हो। 

टस जितेर पहिले ब्याटिंग गरेको ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स फ्याक्टर्सले ३ ओभर ४ बलमा २ विकेटको क्षतिमा ३७ रन जोड्यो। बर्षातका कारण रोकिएको खेलबाट अन्तत: कलर्स एक्स फ्याक्टर्सले फाइनलमा आफ्नो यात्रा तय गरेको हो। 

प्रतियोगितामा अविजित रहेको पन्चकन्या र ५ मध्य ३ खेलमा जित हासिल गरेको कलर्स एक्स फ्याक्टरबीच आगामी सोमबार साढे १२ बजे त्रिवी मैदानमा फाइनल खेल हुनेछ।

पंचकन्या प्रतियोगिताका ५ खेलमा जित हासिल गर्दै १० अंक सहित अंक तालिकामा शिर्ष स्थानमा रहँदै फाइनलको यात्रा तय गरेको हो। यता फाइनलका लागि आफ्नो स्थान सुरक्षित बनाएको कलर्स एक्स फ्याक्टर्स भने प्रतियोगिताका कुल ५ खेल मध्ये ३ खेलमा जित, १ मा हार र एक बराबरी खेल्दै ७ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहन सफल रहेको हो।        
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved