कहाँ अड्कियो गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण प्रक्रिया ? धुर्मुसले खोले रहस्य (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 14, 2018 | 09:24:32 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेर खेलकुद मन्त्रालयमा औपचारिक प्रस्ताव पेश गरेको लामो समय भएको छ । नेपालले एक दिबशीय क्रिकेटको मान्यता पाएसंगै नेपालमा रंगशाला बन्नु पर्ने आवाज आएको बेला फाउन्डेसनले रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो ।

फाउन्डेसनले देशको विभिन्न स्थानमा जग्गा अवलोकन गरेकोमा गोदावरीको जग्गा उचित ठहर गर्दै बैशाख पहिलो साता सरकारलाई प्रस्ताव बुझाएको थियो । तर हालसम्म सरकारले फाउन्डेसनलाई कुनै प्रतिक्रिया दिएको छैन ।

तर फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले रंगशाला निर्धारित समय मै बन्ने दाबी गरेका छन् । उनले रंगशाला सिलान्यास भएकै दिन निर्माण सम्पन्न गर्ने मिति तोकेरै काम अगाडी बढाउने बताएका छन् । बिजपाटीसंगको कुराकानीमा धुर्मुसले बिश्वको साच्चिकै नमुना स्टेडियम नेपालमा बनाई छाड्ने प्रतिबद्दता व्यक्त गरेका हुन् । उनले आगामी मन्त्रिपरिषद्को बैठकले रंगशालामाओ बिषयमा निर्णय गर्ने बिश्वास पनि उनले व्यक्त गरेका छन् ।

हेर्नुस उनको भनाई जस्ताको तस्तै ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved