युरोपा लिगको उपाधि स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 06:28:29 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपा लिग फुटबलको उपाधि  स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जितेको छ । बुधबार अवेर राति सम्पन्न खेलमा  फ्रान्सको लिग वान क्लब मार्सेलीलाई ३-० ले पराजित गर्दै एथ्लेटिकोले उपाधि जितेको हो । एथ्लेटिकोलाई उपाधि जिताउने क्रममा  एन्टोनी ग्रिजम्यानले दुई तथा कप्तान गाबीले एक गोल गरे ।  ग्रिजम्यानले २१ औ , ४९ औँ मिनेटमा तथा कप्तान गाबीले ८९ औँ मिनेटमा गोल गर्दै उपाधि पक्का गरेका हुन् । 

 एथ्लेटिको मड्रिडले यसअघि सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो ।  

फ्रान्सको कुनैपनि क्लबले अहिलेसम्म युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved