बिश्वकपमा आक्रमण गर्ने आईएसको चेतावनी, मेसि र रोनाल्डोको शिर छेदन गरेको पोस्टर सार्बजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 17, 2018 | 08:00:15 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्लामिक स्टेट आईएस आईएसले रुसमा अबको एक महिना भित्र सुरु हुने विश्वकप फुटबलमा आक्रमण गर्ने चेतावनी दिदै आएको छ ।  यसैक्रमको पछिल्लो कदममा आईएसले अर्जेन्टिनी स्टार लिओनल मेसि र पोर्चुगलका स्टार रोनाल्डोको शिर छेदन गरेको पोस्टर सार्बजनिक गरेको छ । पोस्टरमा फुटबल रंगशालाको बीचमा २ जना आईएसका सदस्यले मेसि र रोनाल्डोलाई लडाएर उनीहरुको टाउको काटिरहेको दृश्य देख्न सकिन्छ । त्यस्तै पोस्टरमा तिमीहरुको रगतले मैदान भरिने छ भन्ने संदेश लेखिएको छ । 

यस अघि आईएसले बिश्वकपको लोगो काटेको, मेसिले रगत रोएको लगायतका पोस्टरहरु सार्बजनिक गरेका थिए । त्यस्तै रुसी राष्ट्रपुती पुटिनले मुस्लिमहरुलाई मारेको भन्दै आईएसले त्यसको बादल लिने चेतावनी दिएको थियो । रुसले सिरिया राष्ट्रपति बसर अल असादलाई सहयोग गरेकोमा आईएसको आपत्ति भएको बुझिएको छ । 

आगामी महिना सुरु हुने बिश्वकप्को लागि सुरक्षा ब्यबस्था कडा पारिएको रुसले जनाएको छ । अघिल्लो महिना रुसले रुस भित्र बिश्वकपमा आक्रमण गर्ने योजना बनाएका ११ जना आईएस् लडाकुलाई मारेको जनाएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved