सन्दिप लामिछाने दोस्रो पटक दिल्लीको प्लेईङ ११ मा, चर्चित खेलाडीबिरुद्द बलिङ गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 18, 2018 | 07:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय टोलिका स्पिनर सन्दिप लामिछाने आइपीएल प्रतियोगितामा लगातार दोस्रो पटक प्लेयिंङ ११ मा देखिएका छन। आइपिएलमा दील्ली डेयरडेभिल्सबाट खेलेका लामिछानेले चेन्नई सुपर किंग्सविरुद्धको खेलमा मैदान उत्रने भएका छन। 

नेपाली समय अनुसार राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा सन्दीप टोलीमा परेका हुन। टस जितेर पहिले बलिंग रोजेको दील्ली डेयरडेभिल्समा लामिछाने प्लेयिङ ११ मा सामेल छन।   

आइपिएल प्रतियोगितामै पहिलो पटक खेल्ने अवसर पाएका लामिछानेले गत शनिबार रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यु गरेका थिए। आज हुने खेलमा लामिछानेले क्रिकेटका चर्चित खेलाडी विरुद्ध बलिङ गर्नेछन। भारतका पूर्वकप्तान तथा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी, सेन वाट्सन, सुरेश रैना, ड्वेन ब्राभो, अम्बती रयुडु, फाफ् डु प्लेसिस् लगायतका विश्व चर्चित खेलाडीविरुद्ध लामिछानेले बलिङ गर्नेछन। 

लामिछानेले आफ्नो डेब्यु खेलबाटै चर्चा बटुल्न सफल भएका थिए। उनले ४ ओभर बलिङ गरेर २५ रन खर्चेर १ विकेट लिएका थिए। जसकारण लामिछानेको वाहवाही बढेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved