दिल्लीको जितसंगै डिफेन्डिङ च्याम्पियन मुम्बई बाहिरियो, सन्दिपको उत्कृष्ट प्रदर्शन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 20, 2018 | 07:29:17 PM मा प्रकाशित

laxmi  sunrise bank

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन आइपीएल २०१८ को समूह चरणबाट नै बाहिरिएको छ । आज भएको खेलमा दिल्लीसंग परजित भएसंगै मुम्बई समुह चरणबाट नै बाहिरिएको हो । 

टस जितेर पहिले ब्याटिंग गरेको दिल्लीले मुम्बईलाई १७५ रनको लक्ष्य दिएको थियो। तर दिल्लीको बलिंगसामु मुम्बईका ब्याट्सम्यान टिक्न नसक्दा हारे बेहोर्नु पर्यो । मुम्बईले १९.३ ओभरमा अल आउट हुदै ११ रनले हार बेहोर्यो । 

मुम्बईलाई हराउनेक्रममा दिल्लीको तर्फबाट सन्दिप लामिछाने, सन्दिप मिश्र र हर्षल पटेलले समान ३-३ विकेट लिए । 

 सन्दिपले पहिलो ओभर मै सुर्य कुमार यादवको विकेट लिएका थिए । त्यसपछि सन्दिपले १० औ ओभरमा २ विकेट लिएका हुन् । सन्दिपले १० औ ओभरमा क्रुनल पान्डया र किरोंन पोलर्डको विकेट लिएका हुन् । यस खेलमा सन्दिपले ४ ओभरमा ३६ रन खर्चदै ३ विकेट लिएका हुन्  । पहिलो पटक आईपीएल खेलेका सन्दिपले ३ खेलबाट ५ विकेट लिन सफल भएका छन्  । सन्दिपको इकोनोमी ६.८३ रहेको छ जुन चौथो उत्कृष्ट फिगर हो  । 

दिल्ली यस अघि बाहिरीसकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved