भिडियोमा हेर्नुस आईपीएलमा सन्दिपको प्रदर्शन, यसरी लिएका थिए ३ खेलमा ५ विकेट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 11:32:45 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिग आईपीएलको प्ले अफका खेल बाँकि रहेपनि नेपालबाट पहिलो पटक आईपीएलमा सहभागिता जनाएर इतिहास रचेका सन्दिप लामिछानेको यस पटकको यात्रा भने टुंगिएको छ । सन्दिप सहभागी टिम दिल्ली डेयरडेभिल्स अंक तालिकाको पुछारमा रहदै प्ले अफमा स्थान बनाउन नसकेपछि सन्दिपको पनि यात्रा टुंगिएको हो ।  

सुरुवाती खेलमा बेन्चमा रहेका सन्दिपले दिल्ली प्ले अफमा नपुग्ने पक्का भएपछिका ३ खेलमा खेल्ने मौका पाए ।  उनले आफुले पाएको अवसरको सदुपयोग गर्दै आफ्नो छाप छोडे ।  उनले खेलेको ३ मध्ये २ खेले जिते ।  सन्दिपले विराट कोहलीको कप्तानीमा रहेको आरसीबि, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईसंग खेल्ने अवसर पाएका थिए ।  जस मध्ये दिल्लीले चेन्नई र मुम्बई बिरुद्दको खेल जित्यो । जितमा सन्दिपको भूमिका महत्वपूर्ण थियो ।  

सन्दिपले आरसीबिसंगको खेलमा ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।  यस खेलमा सन्दिपको इकोनोमी ६.२५ थियो भने बाँकि सबैको इकोनोमी ८ भन्दा माथि थियो ।  त्यस्तै सन्दिपले यस खेलमा सर्बाधिक १० डट बल दिएका थिए ।  

सन्दिपले चेन्नईसंगको  खेलमा ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।  यस खेलमा सन्दिपको इकोनोमी ५.२५ थियो   ।  त्यस्तै सन्दिपले यस खेलमा पनि १० डट बल दिएका थिए ।  यस खेलमा सन्दिपले स्टाइलिस् प्लेयरको अवार्ड समेत पाए  ।   

सन्दिपले मुम्बईसंगको खेलमा ४ ओभरमा ३६  रन खर्चेर ३ विकेट लिए ।  त्यस्तै सन्दिपले यस खेलमा पनि १० डट बल दिएका थिए । यस खेलमा पराजित हुदै मुम्बई आईपीएलबाट नै बाहिरिएको थियो  ।  

भिडियोमा हेर्नुस सन्दिपले लिएका विकेटहरु :  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved