सन्दीप नेपाल फर्किएपछि दिल्लीले गर्यो यस्तो ट्वीट

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 22, 2018 | 04:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सको तर्फबाट उत्कृष्ठ बलिङ गरेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । सन्दीप दिउँसो ४ः१५ बजे जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरुले स्वागत गरेका छन् । 

सन्दीप दिल्लीबाट नेपाल फर्केसँगै दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई धन्यवाद दिएको छ । दिल्लीले ट्वीट गर्दै सन्दीपले नेपालको शीर उचो बनाएको भन्दै सन्दीपले खेलेका ३ वटै खेल ‘प्यासन’ र ‘पर्फमेन्स’ म्याच भएको जनाएको छ। दिल्लीले अर्को सिजनको आईपीएलमा पनि सन्दीप दिल्लीमै रहने विश्वास व्यक्त गरेको छ। 

दिल्ली डेयरडेभिल्सले आफ्नो टिमका सबै खेलाडीलाई धन्यवाद दिँदै ट्वीट गरेको छ। दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्न सफल भएका थिए । 

सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्दैछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।

दिल्लीले गरेको ट्वीट:


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved