पन्चकन्या तेजले जित्यो ईपीएलको उपाधि, शतकीय पारी खेलका आशिफ बने नायक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 03, 2016 | 04:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

वाई वाई एभरेस्ट प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको उपाधि पन्चकन्या तेजले हात पारेको छ । आज भएको फाइनल खेलमा पन्चकन्याले कलर्स एक्स फ्याक्टरलाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टस जितेर ब्याटिंग थालेको पन्चकन्या तेजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७१ रन जोड्यो । पन्चकन्याको लागि आशिफ शेखले शतकीय पारी खेल्दै १ सय ११ रन जोडे । विस्फोटक ब्याटिंग गरेका उनले ६४ बलमा ७ चौका र ८ छक्का सहित १ सय ११ रनमा अविजित रहे । जारी प्रतियोगिताको यो पहिलो शतक हो । यस अघि बिशाल ओरियार्सका पारस खड्का ९९ रनमा आउट हुँदा शतक बनाउनबाट चुकेका थिए ।

त्यस्तै अरिफ शेखले २३ रन तथा सोनु तामांगले १२ रन जोडे । करण केसी, पृथु बास्कोटा र कप्तान शरद भेषवाकरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन । कलर्सका लागि योगेन्द्र सिंह कार्की, संगम रेग्मी , अमर रौटेला र अविनाश कर्णले समान १-१ विकेट लिए ।

१ सय ७२ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको कलर्स एक्स फ्याक्टर कमजोर प्रदर्शन गर्दै १७.३ ओभरमा अल आउट हुदै १ सय ३१ रन मात्र जोड्न सक्यो। कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४७ रन, राजेश पुलामी मगरले ३७ रन तथा हरी शंकर शाहले १४ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन बटुल्न सकेनन् ।

कलर्सलाई सस्तैमा समेट्न पन्चकन्याका करण केसीले सर्बाधिक ३ , कप्तान शरद भेषवाकर र सुशील कंडेलले समान २-२ तथा दिपेन्द्र सिंह ऐरी र भुवन कार्कीले समान १-१ विकेट लिए । शतकीय पारि खेलेका आशिफ शेख म्यान अफ द म्याच घोषित भए । त्यस्तै जगदम्बा राइनोसका सोमपाल कामि म्यान अफ द सिरिज घोषित भए ।

जित संगै पन्चकन्याले ५ लाख रुपिया उपाधि हात पारेको छ  । 

*यस अघि संगम रेग्मी हुनु पर्नेमा अन्यथा हुन् गएकाले सच्चाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved