एन्फा मैदान बनाउन एएफसीद्धारा १ लाख ३० हजार डलर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2018 | 06:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सातदोबाटोमा रहेको एन्फा खेल मैदानमा रहेको प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एसियाली फुटबल महासंघले १ लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । 

एएफसीको मुख्यालयमा आज बसेको एन्फा पदाधिकारी र एएफसीका पदाधिकारीबीचको बैठकमा महासंघले एन्फालाइ झण्डै एक करोड ४१ लख बराबरको सहयोग गर्ने सहमति भएको हो । एएफसीसँगको सम्झौतामा नेपालका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरे । 

नेपालमा हुने फुटबल प्रतियोगिताका लागि एकमात्र विकल्पका रुपमा रहेको सातदोबाटो मैदानमा हाल पाँच हजार क्षमताको प्याराफिट रहेको छ । अब यसलाई बढाइने भएको छ । दशरथ रंगशाला भूकम्पका कारण खेल्न योग्य नभएपछि सातदोबाटोको मैदान नै प्रयोग हुदै आएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved