रियल म्याड्रिड र लिभरपुलबीच भिडन्त हुँदै, युट्युबमा र अनलाइनमा लाइभ हेर्न पाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 26, 2018 | 09:49:45 PM मा प्रकाशित

laxmi  sunrise bank

युएफा च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल र रियल म्याड्रिडबीचको फाइनल खेल शनिबार राति हुँदैछ। युक्रेनको किभ रंगशालामामा हुने फाइनल खेल नेपाली समयअनुसार मध्यराती साँढे १२ बजे सुरु हुनेछ। 

स्पेनिस ला लिगा क्लब रियल र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबीचको प्रतिष्ठाको बिषय बनेको यो खेल हेर्न विश्वभरका फुटबल प्रेमीहरु प्रतिक्षारत छन। बिट स्पोर्ट्सले च्याम्पियन्स लिगको फाइनल खेल युट्युबमा लाइभ हेर्न पाइने सुविधा दिने जनाएको छ। च्याम्पियन्स लिगको फाइनल खेल अन्य अनलाइन प्लेटफर्महरुमा समेत नि:शुल्क हेर्न पाइने भएको छ।

मे १६ मा हुने युरोप लिग अन्तर्गतको एथलेटिको म्याड्रिड र मार्सेलीबीचको फाइनल खेल पनि युट्युबसहित अन्य अनलाइन प्लेटफर्ममा नि:शुल्क हेर्न पाइने भएको छ। च्याम्पियन्स लिगको डिजिटल अधिकार पाएको बिटी स्पोर्ट्सले अनलाइनमा नि:शुल्क लाइभ गर्न सहमत भएको बताइएको छ । 

बिटी स्पोर्टका हाल ६५ लाख भन्दा बढी ग्राहक छन् भने च्याम्पियन्स लिग र युरोप लिग अनलाइनबाट हेर्न मिल्ने सुविधाले अनलाइन ग्राहकको संख्या बढ्ने बिटी सपोर्टको बिश्वास छ। लिभरपुल फाइनलमा पुगेकोले पनि बिटी स्पोर्टले फाइनल खेल नि:शुल्क अनलाइनमा लाइभ गर्न लागेको बुझाइ धेरैको रहेको छ ।

रियाल मड्रिड र लिभरपुल ३७ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा भिड्न लागेका हु्न। यी दुर्इ क्लबबीच पछिल्लो पटक सन् १९८१ मा फाइनल भिडन्त भएको थियो, जसमा लिभरपुलले १-० ले बाजी मारेको थियो। 

यो सिजनको च्याम्पियन्स लिगमा अहिलेसम्म १२४ खेल भइसकेका छन् । र, जम्मा ३९७ गोल पनि भइसकेका छन् । यो सिजन हरेक २८ मिनेटमा एक गोलको रेकर्ड बनेको छ । 

रोनाल्डो र मोहम्मद सलाहको भिडन्त 

फाइनल खेलमा सबैको नजर रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहमाथि पर्ने पक्का पक्की छ । रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १५ र सलाहले १० गोल गरिसकेका छन् । इजिप्टका सलाहलार्इ यस सिजनमा इङ्लिस प्रिमियर लिग फुटबलर फ द र्इयरको अवार्ड पनि दिइएको छ । रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा रहँदा सन् २००७-२००८ को सिजनमा यो अवार्ड जितेका थिए । 

च्याम्पियन्स लिगको फाइनललार्इ उत्कृष्ट फर्ममा रहेका दुर्इ खेलाडीहरु रियलका रोनाल्डो र लिभरपुलका सलाहसँग पनि तुलना गरिएको छ । सिजनको च्याम्पियन्स लिगमा १५ गोल गरेका रोनाल्डोले र १० गोल गरेका सालहसँग पनि तुलना गरिएको छ । प्रमिययर लिगमा सालहले ३२ गोल र ला लिगामा रोनाल्डोले २६ गोल गरेका छन्।

जिदानको प्रशिक्षणमा अपराजित रियल 

रियाल मड्रिडले जिनेदिन जिदानको प्रशिक्षणमा कुनै फाइनल हारेको छैन । सन् २०१६ मा जिदान प्रशिक्षक बनेपछि रियालले दुर्इ पटक च्याम्पियन्स लिग, दुर्इ सुपर कप, दुर्इ फिफा क्लब विश्वकप जितिसकेको छ। उता लिभरपूल जुर्गेन क्लोपको प्रशिक्षणमा ६ मा ५ वटा फाइनलमा पराजित भएको चाखलाग्दो रेकर्ड छ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved