च्याम्पियन्स लिगको उपाधिमा रियल म्याड्रिडको ह्याट्रिक, बेलले गरे २ गोल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 27, 2018 | 06:28:08 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधिमा ह्याट्रिक गर्दै इतिहास रचेको छ । युक्रेनको राजधानी किएभमा भएको सन् २०१८ को फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले लगातार तेस्रोपटक उपाधि जितेको हो । यो सँगै रियल मड्रिड च्याम्पियन्स लिगको इतिहासमा लगातार ३ सिजन उपाधि जित्ने पहिलो क्लब बनेको छ । 

लिभरपुलका मुख्य खेलाडी मोहम्मद सलाह चोटका कारण आधा घण्टामा नै मैदानबाट बाहिरिएका थिए । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकोमा ५१ औ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए ।  त्यसको ४ मिनेट मै मानेले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए । 

दोस्रो हाफमा मैदान प्रवेश गरेका ग्यारेथ बेलले ६३ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए। ८२ औ मिनेटमा बेलले नै गोल गर्दै ३-१ को जित दिलाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved